प्रभुको खुद मुनाफा १ अर्ब ११ करोड २३ लाख रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभुको खुद मुनाफा १ अर्ब ११ करोड २३ लाख रुपैयाँ



काठमाडौं,  ४  माघ। बैंक तथा वित्तीय कम्पनीहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम सुरु भएको छ ।  प्रभु बैंकले बाणिज्य बैंकहरुको तर्फबाट वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो भएको छ ।

५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको प्रभु बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ११ करोड २३ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा १ सय ७४ दशमलव २१ प्रतिशतले वृद्धि हो ।  बैंकको गत वर्षको सोहि अवधिमा नाफा भने ४० करोड ५६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

बैंकले १ अर्ब १३ करोड रुपैयाँ खराबकर्जा उठाउन र ४४ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोले बैंकको खुदमुनाफा अत्याधिक बढेको हो । बैंकले जगेडाकोषमा १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानीमा १ सय ३ दशमलव ९६ प्रतिशतले बढेर १ अर्ब ४४ करोड २७ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन मुनाफामा १ सय ९२ दशमलव १६ प्रतिशतले वृद्धि गरी १ अर्ब ४४ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले निक्षेपमा ४६ दशमलव ३३ प्रतिशतले वृद्धि गरि ७० अर्ब २१ करोड ६५ लाख रुपैयाँ संकलन गरेर कर्जा प्रवाहामा ५६ अर्ब ५२ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको प्रोभिजनमा १८ करोड ५३ लाख रुपैयाँ नोगेटिभमा रहेको छ ।

प्रकाशित : ४ माघ २०७३, मंगलवार ०४:४३