नेपालकाे पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपालकाे पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन



काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान ६ बजेर ३० मिनेटमा नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए ।

जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मेका थिए । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन् ।

हिमालयन बैंकका संस्थापकसमेत रहेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । स्वर्गीय राणाका २ छोरा र २ छोरी छन् ।

प्रकाशित : २२ माघ २०७९, आईतवार ११:०६