तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारमा ल्यायो ४० अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारमा ल्यायो ४० अर्ब



काठमाडाै ४ माघ । नेपाल राष्ट्र बैंकले हाल बैंक वित्तीय संस्थामा देखिएको तरलता अभाव कम गर्नका लागि ४० अर्ब रुपैयाँ बरावरको ‘राइट आउट पर्चेज’ गर्ने भएको छ । बजारमा नगदको अभाव देखिएपछि  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोलकबोलबाट ब्याजदर निर्धारण गरी ४० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको हो ।

धेरै ब्याजदर कबोल्ने बैंक तथा वित्तीय संस्थाले रकम पाउने छन् । राष्ट्र बैंकले आफैंले बिक्री गरेको ऋणपत्र धितोमा बैंक तथा वित्तीय संस्थालाई उक्त रकम उपलब्ध गराउने लागेको हो । यसका लागि राष्ट्र बैंकले आजै २ बजे बोलकबोल गर्दै छ ।

यसरी प्रबाह गरिने नगदको अबधि लामो हुने छ । यसरी लिएको रकम बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सक्ने छन् । यसअघि राष्ट्र बैंकले दुई पटक २० अर्ब र १० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । जम्मा १४ दिनको लागि मात्र जारी भएको रिपो लिन बैंक तथा वित्तीय संस्थाहरुले त्यति रुची देखाएको थिएनन् ।

यस पटक बैंक तथा वित्तीय संस्थाहरुले किनेको ४९ अर्ब ९ करोड रुपैयाँको ख्णपत्र धितो राखेर राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । यसको समय तोकिएको छैन ।

प्रकाशित : ४ माघ २०७३, मंगलवार ०८:१६