कृषि विकास बैंकको मोबाईल बैंकिङ सेवा सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकास बैंकको मोबाईल बैंकिङ सेवा सञ्चालन



काठमाडौं ४ माघ । कृषि बिकास बैंकले मोबाईल बैंकिङ सुरु गरेको छ । बैंकले आफ्नो ग्राहकलाई एडीबीएल स्मार्ट बैंकिङ नामक मोबाइल बैंकिङ सेवा दिन थालेको हो ।

यो सेवा लिएपछि ग्राहकले हरेक कारोबारको सूचना प्राप्त गर्ने, रकम ट्रान्सफर, स्टेटमेन्ट तथा चेकबुक अनुरोध, चेक तथा डेविट कार्ड आदि रोक्का गर्न सक्ने र कर्जाको साँवा तथा व्याज भुक्तानी सम्बन्धि जानकारी लिन सक्ने छन् । यसै वर्ष यो सेवा लिने ग्राहकलाई बार्षिक शुल्क नलाग्ने समेत बैंकले उल्लेख गरेको छ ।यस सेवामा ५ तहको सुरक्षा प्रणाली अवलम्बन गरिएको बैंकले स्पष्ट पारेको छ ।

बैंकको आवश्यकता अनुसार एफवान सफ्टले यो सफ्टवेयरको बिकास गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको उपस्थितीमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका प्रमुख प्रेम कुमार श्रेष्ठ र एफवान सफ्टबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले सम्झौतामा हस्ताक्षर गरे ।

प्रकाशित : ४ माघ २०७३, मंगलवार ११:१२