नेपाल क्लियरिङ हाउसको अध्यक्षमा शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा शर्मा



काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकबाट शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो।

अध्यक्ष पदमा नियुक्ति गरेसँगै शर्मालाई डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भए पश्चात शर्माले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन् । नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

प्रकाशित : २३ माघ २०७९, सोमबार २०:३०