को बन्दैछ राष्ट्रपति ? प्रचण्ड, ओली र देउवाको आ-आफ्नै तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

को बन्दैछ राष्ट्रपति ? प्रचण्ड, ओली र देउवाको आ-आफ्नै तयारी



काठमाडौं । प्रमुख तीन दल आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न थालेपछि एकले अर्कोसँग विश्वस्त हुन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले सहमति कार्यान्वयनमा इमनदारिता नदेखाएको भन्दै प्रचण्ड र ओलीको दूरी बढ्दै गएको छ । उता देउवाले माओवादीबाट उम्मेदवार हुने पदमा पार्टीबाट उम्मेदवारी नदिई माओवादीलाई फकाउँदै विश्वास जित्ने प्रयासमा छन् ।

यसैबीच, शीर्षनेताले सीमा सुरक्षाका सन्दर्भमा समेत छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायले सीमा सुरक्षाका विषयमा गरेको ब्रिफिङमा प्रधानमन्त्री प्रचण्डसहित देउवा, ओलीसमेत सहभागी भए ।

सुरक्षा निकायका प्रतिनिधिले सिंहदरबारमा प्रधानमन्त्रीलाई सीमा सुरक्षाको प्रयास र अवस्थाका विषयमा ब्रिफिङ गर्ने कार्यक्रम थियो । सीमा सुरक्षाको विषय राष्ट्रिय महत्वको विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीलाई पनि बोलाएको स्रोतको दाबी छ ।

प्रकाशित : २४ माघ २०७९, मंगलवार ०८:०२