रेमिट्यान्स वृद्धिदर घट्दो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

English

रेमिट्यान्स वृद्धिदर घट्दो



काठमाडौं, ५  माघ । बढ्दो व्यापारघाटाको अवस्थामा पनि मुलुकको भुक्तानी सन्तुलनलाई अनुकुल बनाउन उल्लेख्य योगदान पु¥याउँदै आएको रेमिट्यान्स वृद्धिदर घट्ने क्रम अझै रोकिएको छैन ।

अर्थतन्त्र धान्ने प्रमुख आधार बनेको रेमिट्यान्स आप्रवाह घट्दा अर्थतन्त्र पनि संकटमा पर्ने भन्दै सरोकारवालाहरू चिन्तित देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा रेमिट्यान्स आप्रवाह वृद्धिदर ६ प्रतिशतमा सिमित छ ।

चालू आवको मंसिरसम्ममा रेमिट्यान्स आप्रवाह ६ प्रतिशतले वृद्धि भई २ खर्ब ८७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.४ प्रतिशतले वृद्धि भई २ खर्ब ७१ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउनुका साथै भारतीय अमौद्रिकीकरणको कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको केन्द्रीय बैंकले जनाएको छ ।

चालू आवको कात्तिकमा रेमिट्यान्स ७.८ प्रतिशतले वृद्धि भई २ खर्ब ३२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो महिनाको तुलनामा रेमिट्यान्स बढे पनि वृद्धि प्रतिशत घटेको हो । केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या कमी आउँदा रेमिट्यान्समा असर परेको हो ।

गत आर्थिक वर्षको मंसिरसम्ममा वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्या ३८ हजार ३ सय ५० थियो । तर, चालू आवको मंसिरसम्ममा यो तथ्यांक घटेर ३३ हजार ५ सय ५० मा झरेको छ ।

चालू आवको कात्तिकमा रेमिट्यान्स ७.८ प्रतिशतले वृद्धि भई २ खर्ब ३२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो महिनाको तुलनामा रेमिट्यान्स बढे पनि वृद्धि प्रतिशत घटेको हो । केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या कमी आउँदा रेमिट्यान्समा असर परेको हो ।

“विदेशमा रहेका कामदारको संख्या घट्दै गएकाले रेमिट्यान्समा असर परेको हुनसक्छ,” राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डित भन्छन्, “साउदी अरबलगायत केही खाडी मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि रोजगारीका लागि गएका नेपाली फर्कनु परेकाले पनि रेमिट्यान्समा कमी आएको हो ।”

उनका अनुसार कतिपय देशबाट औपाचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन नसक्दा पनि घटेको छ । हाल दक्षिण कोरीया लगायतका मुलुकबाट औपचारिक माध्यमबाट रकम भित्रँदैन ।

गैरबैंकिङ च्यानल अर्थात हुन्डी कारोबारीमार्फत रकम पठाउने क्रम बढ्दा वैधानिक च्यानलमा रेमिट्यान्स देखिँदैन । यसैगरी, विदेश गएका नेपालीले रेमिट्यान्सको सट्टा सुन, मोबाइल, टिभीलगायतका भौतिक सामान ल्याउने भएकाले पनि रेमिट्यान्समा असर परेको हो । कारोबार दैनिकबाट ।

प्रकाशित : ५ माघ २०७३, बुधबार ०५:१८