शेयर बजारमा अचानक देखियो रौनक, कारोबार रकम ३ अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शेयर बजारमा अचानक देखियो रौनक, कारोबार रकम ३ अर्ब नाघ्यो



काठमाडौं । शेयर बजारमा फेरि रौनकता सुरु भएको छ । मंगलबार नेप्से सूचक ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा आएको हो ।

२६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ। बैंकिङ समूहको उपसूचक ३२.२४, विकास बैंक १८६.२९, वित्त कम्पनी १०४.४७, होटल ९७.७२, जलविद्युत १३८.१७, जीवन बीमा ४६७.२६, उत्पादन तथा प्रशोधन १४६.७०, निर्जीबन बीमा ३९३.३९, अन्य समूह ४४.०१, टेडिङ समूहको उपसूचक ९१.२८ अंकले बढेको छ ।

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमुल्य आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा बरुण हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, राधी विद्युत कम्पनी, आदर्श लघुवित्त वित्तीय संस्था, रिडी पावर कम्पनी, ग्रिन भेन्चर कम्पनी रहेको छ ।

त्यस्तै, कारोबार रकमको आधारमा एनआईसी एशिया बैंकको १२ करोड ९२ लाख ४२ हजार ७६२ रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित : २४ माघ २०७९, मंगलवार १५:३४