एनआईसि एशियाको नाफा ४४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसि एशियाको नाफा ४४ प्रतिशतले बढ्यो



काठमाडौं, ५ माघ  । एनआईसि एशिया बैंकको ५अर्ब ८१ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा अघिल्लो वर्षको तुलनाभन्दा ४३ दशमलव ६८ प्रतिशत वृद्धि गरी ७२ करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको छ भने अघिल्लो बर्षको सोही अवधिमा बैंकले मुनाफा ५० करोड २० लाख रुपैयाँ कमाएकोे थियो ।

बैंक ले जगेडाकोषमा २ अर्ब ६४ करोड ७९ लाख रुपैयाँ राखिएको छ । निक्षेप तर्फ अघिल्लो वर्षको तुलनाभन्दा ३५ दशमलब ५८ प्रतिशतले वृद्धि गरी ७९ अर्ब ७ करोड १६ लाख रुपैयाँ संकलन गरी कर्जामा ६६ अर्ब ४२ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी खुद व्याज आम्दानी ३७ दशमलव १७ प्रतिशतले बढेर १ अर्ब १५ करोड ३८ लाख रुपैयाँ पुगेको छ र सञ्चालन मुनाफामा २३ दशमलव ९८ प्रतिशतले बढेर ७६ करोड ३७ लाख रुपैयाँ मुनाफा गरेको छ । बैंकले ३२ करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रति शेयर आम्दानी २४ दशमलव ८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीे अनुपात २० दशमलव ३७ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ४५ दशमलव ५० रुपैयाँ रहेको छ र तरलता अनुपात २३ दशमलव ०१ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शून्यदशमलव ७२ प्रतिशत रहेको छ र जोखिम युक्त सम्पति १२ दशमलव ४५ प्रतिशत रहेको छ ।

प्रकाशित : ५ माघ २०७३, बुधबार ०५:२०