नेपालमा उत्पादित टेक्नोलोजीलाई प्राथमिकता दिनुपर्छ: उपाध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेपालमा उत्पादित टेक्नोलोजीलाई प्राथमिकता दिनुपर्छ: उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । मंगलबारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशी कम्पनीको तुलनामा नेपाली इन्जिनियरहरूले बनाएका टेक्नोलोजीमा कमी नरहेको दाबी गरे । साथै, नेपालका टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरूको कमी नभएको पनि बताएका छन् ।

उनले नेपाली टेक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि नेपाल प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताए । त्यसैगरी, ढकालले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए ।

प्रकाशित : २४ माघ २०७९, मंगलवार १५:५०