राजस्व वृद्धिमा सूचना प्रविधिको ठूलो योगदान रहन्छ: मन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राजस्व वृद्धिमा सूचना प्रविधिको ठूलो योगदान रहन्छ: मन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजस्व वृद्धिमा सूचना प्रविधि (आईटी) क्षेत्रको ठूलो योगदान रहने बताएकी छिन्। मंगलबारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै मन्त्री शर्माले सुचना प्रविधि मार्फत नै राज्यले सानो कुरामा ध्यान दिने हो भने करोडौ रकम हात लाग्ने र बेवास्ता गरे त्यही रकम पनि गुम्न सक्ने बताइन् ।

उनले नेपालमा प्रविधि क्षेत्रको जनशक्तिलाई नेपालमै रोक्न नसक्दा हजारौं जनशक्ति बाहिरिँदै गएको तर नेपालका लागि विदेशी कामदार ल्याउनुपरेको बताइन् ।हाल नेपालकै डाटाहरुमा विदेशी कम्पनीको पहुँच भइरहेको बताउँदै अब नेपालबाट यसको पहुँच बाहिर जान नपाउने गरी नेपाली प्रविधिको निर्माण आवश्यक रहेको उनको भनाइ छ ।

त्यसैगरी, उनले यस क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको बताउँदै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरेकी छन् ।

‘सूचना प्रविधिको विकासका लागि विद्यमान कानुनमा पनि लुप होलहरु रहेको र थप कानुन बनिनसकेको अवस्था रहेको छ । हामी यस क्षेत्रसँग सम्बन्धित कानुनहरुको बारेमा छलफल गरिरहेका छौं । हामी यस क्षेत्रको सम्बन्धित कानुनहरु छिटो भन्दा छिटो संसदमा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने भनेर हामी लागि रहेका छौं,’ मन्त्री शर्माले भनिन्, ‘त्यसकारण यसका लागि आवश्यक कानुनहरुको विषयमा पनि यहाहरुको सुझावको अपेक्षा गरेका छौं । यस क्षेत्रमा प्रधानमन्त्रीकै नेतृत्वको डिजिटल फ्रेमवर्क नेपालजस्ता निर्देशक समितिहरु छन् । तर पनि आवश्यक काम हुन सकेको छैन । केही पनि भएन भन्ने मेरो भनाई होइन । तर पनि जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।’

प्रकाशित : २४ माघ २०७९, मंगलवार १६:४२