गोर्खाज फाइनान्सले कमायो १० करोड ७० लाख खुद मुनाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गोर्खाज फाइनान्सले कमायो १० करोड ७० लाख खुद मुनाफा



काठमाडौ, ५ माघ  । गोर्खाज फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १० करोड ७० लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको तुलनाभन्दा २१ गुणाले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा जम्मा ५० लाख रुपैयाँ पुगेको थियो ।

५७ करोड रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले निक्षेपमा ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ संकलन गरेको छ, जुन गत वर्षको तुलनाभन्दा १ सय ४२ प्रतिशतले वृद्धि गरेको हो ।

जसबाट कर्जामा २ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा १ दशमलव ३८ प्रतिशतले वृद्धि गरेको हो । खुद व्याज आम्दानीमा ४२ दशमलव ४ प्रतिशतले बढेर १३ करोड १५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४ करोड रुपैयाँ नोक्सानमा रहेको छ । फाइनान्सले प्रोभिजनमा १४ करोड ६६ लाख रुपैयाँ राखेको छ भने २३ करोड २७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

दोस्रो त्रैमासमा निष्कृय कर्जा २ दशमलव ११ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति २० दशमलव २५ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी ३६ दशमलव ९९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ५० दशमलव ६३ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ९५ प्रतिशत रहेको छ ।

प्रकाशित : ५ माघ २०७३, बुधबार ०७:५५