मोलुङ हाइड्रोपावरको २७ लाख २८ हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मोलुङ हाइड्रोपावरको २७ लाख २८ हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल



काठमाडौं । मोलुङ हाइड्रोपावरले फागुन ४ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गर्न लागेको हो ।

यो मध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५ पैतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । आइपीओमा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित : २५ माघ २०७९, बुधबार ११:३०