सुनको मुल्य तोलामा २०० रुपैयाँले बृद्धि, चाँदीको मुल्य भने घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा २०० रुपैयाँले बृद्धि, चाँदीको मुल्य भने घट्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य १ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मुल्य स्थिर रहदै प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २५ माघ २०७९, बुधबार ११:४७