प्रिमियर इन्सुरेन्सको खुद नाफा ०.३४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्रिमियर इन्सुरेन्सको खुद नाफा ०.३४ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रिमियर इन्सुरेन्सको खुद नाफामा सामान्य बृद्धि भएको छ । यस अवधिमा कम्पनीले १५ करोड ६१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। उक्त खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.३४ प्रतिशत मात्र धेरै हो ।

इन्सुरेन्सको खुद बिमा शुल्क आम्दानी भने ८.०१ प्रतिशतले घटेर असोज मसान्तसम्म ४२ करोड ४० लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, लगानी, कर्जा तथा अन्य आम्दानी ६२.८१ प्रतिशतले वृद्धि गरेपनि नोक्सानीका लागि व्यवस्था गरिएको रकम १२९.९७ प्रतिशतले बढेर २ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

प्रिमियरको चुक्ता पुँजी १ अर्ब ४० करोड २६ लाख ३० हजार रुपैयाँ पुगेको छ भने रिजर्भ कोष ३५.५२ प्रतिशतले घटेर ३० करोड ८ लाख रुपैयाँमा सीमित छ ।

बीमा कोष भने १९.२३ प्रतिशतले बढेर १ अर्ब ९ करोड ३० लाख रुपैयाँ कायम भएको छ । चुक्ता पुँजी अनुसार नाफा बढ्न नसक्दा यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७० पैसाले घटेर २२ रुपैयाँ २७ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ पनि २९ रुपैयाँ २० पैसाले घटेर २०४ रुपैयाँ २३ पैसामा सीमित भएको छ ।

प्रकाशित : २५ माघ २०७९, बुधबार १२:१२