सानिमा लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन ०.८५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सानिमा लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन ०.८५ प्रतिशतले बढ्यो



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत बर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ०.८५ प्रतिशतले बढी हो

गत वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी १२६.५९ प्रतिशतले बढेर ३१ करोड ३५ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १३ करोड ८३ लाख दाबी भुक्तानी गरेको थियो।

दोस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २३.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १७ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्ममा यस्तो आय ११ करोड २ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च १३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अधिवसम्म कम्पनीको व्यवस्थापन खर्च १३ करोड २६ लाख रुपैयाँ थियो।

कम्पनीको जीवन बीमा कोषको आकार ४४.३८ बढेर ४ अर्ब ८ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो।

गत वर्ष ३३ करोड २३ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार ८.०२ प्रतिशतले बढेर ३५ करोड ९० लाख रुपैयाँमा उचाइमा पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी बढेर ११.६३ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ९.३९ रुपैयाँ रुपैयाँ थियो।

प्रकाशित : २५ माघ २०७९, बुधबार १२:१९