नेपाल बैंकले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बैंकले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल



काठमाडौ ५ माघ ।  नेपाल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १०ः२.३७४ अर्थात १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।  हकप्रद सेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  बैंक र  क्यापिटल मार्केट बीच बुधबार सम्झौता भएको हो  । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह तथा सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ी पराग बिष्टले हस्ताक्षर गरे ।

नेपाल बैंक लिमिटेडले  प्रति सेयर १०० रुपैयाको दरले १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।  हाल बैंकको चुक्ता पूँजी रु. ६ अर्ब ५० करोड रहेको छ भने हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी रु. ८ अर्ब ४ करोड हुनेछ । हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।

नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै व्यावसायीक सम्भाव्यताको आधारमा विगतमा विस्थापित शाखाहरु पुनःस्थापना गर्ने कार्य पनि क्रमिक रुपमा भैरहेको छ ।

प्रकाशित : ५ माघ २०७३, बुधबार ०८:१६