नेप्से परिसूचक ७.१३ अंकले घट्यो, ३ अर्ब ६९ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ७.१३ अंकले घट्यो, ३ अर्ब ६९ करोडको कारोबार



काठमाडौं । बुधबार शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३८ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता शेयर खरिद बिक्री भएको छ भने ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७.१५ रुपैयाँको कारोबार भएको छ ।

बजार ओरालो लाग्दा अन्य समूहको उपसूचक ७.७५ अंकले बढेको छ भने बांकी नेप्सेका अधिकांश सूचक राताम्मे भएका छन् । जसमा बैंकिङ समूहको उपसूचक ०.७९ विकास बैंक २२.६२, वित्त कम्पनी ३६.२५,होटल समुहको उपसूचक ४९.७१,जीवन बीमा समूहको उपसूचक ५८.६३, उत्पादन तथा प्रशोधन ४१.९०, माइक्रोफाइनान्स १६.५७, निर्जीबन बीमा २८.५४, जलविद्युत २७.३६ र ट्रेडिङ समूहको उपसूचक ११.५० अंकले घटेको छ ।

नेप्सेका अनुसार आज तेह्रथुम पावर कम्पनी र धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर उच्च अंकले बढेको छ । साथै, आर्दश लघुवित्त वित्तिय संस्थाको शेयरमा सबैभन्दा बढी गिरावट आएको छ ।

कारोबारका आधारमा आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । यसको ११ करोड २८ लाख ६७ हजार रुपैयाँ भन्दा बढीको शेयर किनेबच भएको छ ।

प्रकाशित : २५ माघ २०७९, बुधबार १५:२१