अन्तरप्रेरणाको ‘फाइभ स्टार्टस्’ कार्यक्रम सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अन्तरप्रेरणाको ‘फाइभ स्टार्टस्’ कार्यक्रम सार्वजनिक



काठमाडौ ५ माघ । नेपालमा उद्यमशीलता विकासको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित कम्पनी अन्तरप्रेरणा प्रालिले ‘फाइभ स्टार्टस्’  कार्यक्रम सार्वजनिक गरेको छ । कम्पनीले भर्खर उदाउँदै गरेका व्यवसाय (स्टार्टअप) हरुलाई सघाउने उद्देश्यले ‘अग्रसरता र आत्मनिर्भरता’ नाराका साथ यो कार्यक्रम शुरु गरेको हो । कार्यक्रम हरेक सिजन निरन्तर ९० दिन (तीनमहिना) सम्म चल्नेछ । स्टार्टअपहरुको संचालन तथा व्यवस्थापन सुदृढीकरणका साथै व्यवसायिक विकासको उद्धेश्यप्रेरित ‘स्टार्टअपमुभमेन्ट’का रुपमा यो कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउने योजना रहेको अन्तरप्रेरणाका सीईओ निरज खनालले बताएका छन् । ‘यो कार्यक्रमले सहभागी कम्पनी, कलेज, विद्यार्थी र अन्तरप्रेरणासहित सबैपक्षलाई ‘विन–विन’को स्थिती सिर्जना गरेर अभm माथि आउन मद्दत पु¥याउनेछ’, उनले भने ।

२०७३ माघ २ गते,आइतबार लञ्चगरिएको ‘फाइभ स्टार्टस्’ अभियानको पहिलो सिजनमा विभिन्न पाँच कम्पनीका लागि पाँच कलेजहरुबाट ५÷५ जना गरी कुल २५ जना विद्यार्थीहरु छनोट गरेर सहभागि गराइएको छ । सहभागी पाँच कम्पनीहरुमा इटोन टेक्नोलोजी प्रालि, क्लिन फेसिलिटी मेनेजमेन्ट प्रालि, एडमार्क मिडिया प्रालि, बिटर स्वीट्स  प्रालि र अनलाइन औषधी प्रालि रहेका छन् । यस्तै, पा“च कलेजहरुमा किङ्स कलेज, एस इन्ष्टिच्यूट अफ मेनेजमेन्ट, ग्लोबल कलेज इन्टरनेशनल, नया“ आयाम मल्टि डिसिप्लिनरी इन्ष्टिच्यूट (नामी) र सीजी इन्टरनेशनल रहेका छन् । सबै कलेजका स्नातकोत्तर तहका विद्यार्थी कार्यक्रमका लागि छनोट भएका हुन् ।
‘फाइभ स्टार्टस्’का सहभागी ५ कम्पनीमध्ये इटोन आइटी कम्पनी हो, जसले शिक्षण संस्था संचालनसम्बन्धी सफ्टवेयर विकासमा काम गरिरहेको छ । क्लिन फेसिलिटी आधुनिक व्यवसायिक सरसफाइ तथा फेसिलिटी मेनेजमेन्ट सेवा प्रदायक हो । त्यस्तै, संचारसम्बन्धी विभिन्न कार्यहरु गर्दै आएको एडमार्क मिडियाले रियल इस्टेट, शहरीकरण तथा विकास पूर्वाधार विषयमा आधारित राष्ट्रिय मासिक पत्रिका ‘प्रोपर्टी’ र ‘प्रोपर्टी टुडे’ नामक अनलाइन प्रकाशन संचालन गर्दै आएको छ । बिटर स्विट्स उच्चस्तरीय चकलेट उत्पादन गर्ने उदाउँदो स्वदेशी कम्पनी हो । अनलाइन औषधीले इन्टरनेटको माध्यमबाट काठमाडौं उपत्यकाभर औषधी विक्री बितरण गर्ने ‘अनलाईन फार्मेसी’को नौलो अवधारणामा काम गर्दै आएको छ ।

छनोट भएका हरेक कलेजका पाँच जना विद्यार्थीलाई कार्यक्रममा सहभागी ५ वटा कम्पनीमा छुट्टाछुट्टै समूहगत रुपमा ‘टाइ–अप’ गराइएको छ । यसअन्तर्गत एउटा कलेजका ५ जना विद्यार्थीले एउटा कम्पनीका लागि कार्यक्रम अवधिभर (९० दिन) विभिन्न मोडेलमा सम्बन्धित कम्पनीको व्यवसायिक वृद्धिका लागिआवश्यकता अनुरुपको कार्य गर्नेछन् ।यसअन्तर्गत १३ हप्ताका लागि कम्पनीको ‘माइलस्टोन’ तय गरिने र हरेक १५ दिनमात्यसको ‘प्रोग्रेश म्यापिङ’ गरेर आवश्यकताअनुरुपको कार्ययोजना अवलम्बन गर्दै लगिनेछ । त्यस्तै, कार्यक्रम अवधिमा विभिन्न ८ प्रकारका प्राविधिक सीप वृद्धिका सेसनहरु संचालन गर्ने, सम्बन्धित विषयका प्रतिष्ठित विज्ञहरुबाट नियमित मेन्टोरशीप प्रदान गर्ने आदि जस्ता कार्यहरु गरिनेछ । यसले विद्यार्थीहरुलाई स्टार्टअपसँग सम्बन्धित व्यवहारिक र वास्तविकतामा आधारित सिकाईको अवसर प्रदान गरेर रोजगारी बजारका लागि दक्ष जनशक्तिका रुपमा तयार गर्नेछ ।

अन्तरप्रेरणा नेपालमा उद्यमशीलताको ‘इकोसिष्टम’ विकासको क्षेत्रमा ठोस उपब्धि देखिने गरी कार्य गर्ने उद्देश्यले एक वर्षअघि स्थापित कम्पनी हो । यसले स्टार्टअप हरुलाई वित्तीय, व्यवस्थापकीय, मेन्टोरशिप लगायत व्यवसायिक वृद्धिका लागि विभिन्न किसिमका सहायताहरु उपलब्ध गराउनेछ । एक दशकभित्र १०० नवउद्यमीलाई स्थापित गर्ने लक्ष्य यसले राखेको छ । हालसम्म ७ कम्पनी अन्तरप्रेरणासँग आवद्ध भइसकेका छन् भने केही कम्पनीहरु यसको पाइपलाइनमा छन् । ‘फाइभ स्टार्टस्’ कार्यक्रम लञ्चका दौरान बृहत ग्रुप तथा अन्तरप्रेरणाका अध्यक्षसमेत रहेका ओम राजभण्डारीले भने, ‘यो नेपालमा उद्यमी विकास गर्ने एउटा ऐतिहासिक अभियान हो । यसले उद्यमशिलताको इकोसिस्टमलाई परिवर्तन गर्नेछ ।’

प्रकाशित : ५ माघ २०७३, बुधबार ०७:२३