‘भ्यालेन्टाइन डे’का दिन बसन्त चौधरीका २ नयाँ कृति सार्वजनिक हुने, साथमा एकल कविता वाचन पनि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

‘भ्यालेन्टाइन डे’का दिन बसन्त चौधरीका २ नयाँ कृति सार्वजनिक हुने, साथमा एकल कविता वाचन पनि



काठमाडौं । यो वर्षको ‘ भ्यालेन्टाइन डे’(प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको छवि बनाएका बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ ।

यो वर्षको भ्यालेन्टाइन डे(प्रणय दिवस)को अवसर पारी फेब्रुअरी १४(फागुन २ गते) चौधरीको विशेष कविता वाचन कार्यक्रम आयोजना हुने भएको हो ।

‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ । फागुन २ गते दिउँसो ३ः४५ बजेदेखि काठमाण्डौको मण्डला थिएटरमा प्रेमसँग सम्बन्धित कवितासहित कवि तथा साहित्य चौधरी पोखिनेछन् । भ्यालेन्टाइन डेलाई विशेष बनाउन प्रेमका कविता तथा रचना प्रस्तुत गर्दै एकल कविता वाचन कार्यक्रम आयोजना गरिनु नेपाली साहित्यमै उल्लेख्य काम हो ।

एकल कविता वाचन कार्यक्रममा कवि चौधरीले एकदर्जन बढी प्रेमिल कविताहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यो दिन उनका दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह) समेत लोकार्पित गरिनेछन् ।

प्रकाशित : २५ माघ २०७९, बुधबार १५:३३