सिटिजन्स बैंकले मुद्धति निक्षेपमा ९.५ प्रतिशत ब्याज दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंकले मुद्धति निक्षेपमा ९.५ प्रतिशत ब्याज दिने



काठमाडौ ६ माघ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वर्तमान पूंजी बजारलाई ध्यानमा राखि बार्षिक  ९.५ प्रतिशत ब्याज प्रदान गर्ने गरी १८० दिने मुद्धति निक्षेप योजाना ल्याएको छ । उक्त मुद्धति निक्षेप ग्राहकवर्गले यस बैंकको कुनै पनि शाखाबाट खाता खोल्न सक्ने छन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट आस्वाको सदस्यता प्राप्त गरी माघ १ गते देखि उक्त सेवा आफना सम्पूर्ण शाखाहरुवाट संचालन गरेको छ । लगानीकर्ताले यस प्रणालीबाट क्Intial Public Issue (IPO) / Further Public Issue (FPO) मा लगानी गर्दा निजको खातामा रकम रोक्का राखी दिने र शेयर बाँडफाँडमा परे बमोजिम  रकम मात्र कट्टा गरी बाँकी रकम खातामा फुकुवा गर्ने व्यवस्था मिलाईएको छ ।

यस सेवाबाट यस बैंकमा खाता भएका ग्राहकवर्गले प्राथमिक निष्काशनको समयमा आवेदन बुझाउन लाइन बस्नुपर्ने, बाँडफाँडपछि चेक संकलन गर्नुपर्ने समय समेत अन्य कार्यमा सदुपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : ६ माघ २०७३, बिहीबार ०७:४२