सुन व्यवसायमा ठगीः धेरै व्याज दिने लालचमा सर्वसाधारणकाे रकम असुली फरार हुने क्रम बढ्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुन व्यवसायमा ठगीः धेरै व्याज दिने लालचमा सर्वसाधारणकाे रकम असुली फरार हुने क्रम बढ्दै



धरान ६ माघ ।  पछिल्लो समय सुन व्यवसाय ठगीको राम्रो माध्यम बन्ने गरेको पाइएको छ । व्यवसायको माध्यमबाट ग्राहकलाई ठग्ने, धितोमा सुन राखी चर्को व्याजदर असुल्ने र व्याज दिने लालचमा सर्वसाधारणलाई रकम असुली सञ्चालक फरार हुने क्रम बढ्दै गएका छ । यस्तै भएको छ सुनसरीको भरौल गाविसमा । तीन बर्ष अगाडिदेखि सञ्चालन गरिएको भरौल गाविस वडा नं. १ कालाबन्जारमा खोलिएको भरौल सुनचाँदी पसलले त्यस आसपासमा रहेका सर्वसाधारणबाट करोडौ रुपया ठगी गरी रकम माग्न जादा उल्टै धम्क्याउने गरेको पीडितहरुले नै बताएका छन् ।

भरौल १ की कमला कार्कीले घर खर्चका लागि ५.३२ ग्राम सुन धितो राखी सोही सुनपसलमा राखी ८ हजार ५ सय रुपैया निकाल्नुभयो । त्यसैक्रममा सञ्चालक उमेश विश्वकर्माको ०७३ साउन २२ गते मृत्यु भयो । सोही सुन पसल उनकी श्रीमति मिना विक र जेठान लालबहादुर सिंगौरेले सञ्चालन गरे । सोही बेला कमलाले धितो राखेको सुन उकास्न जादा व्याजसहित ५ हजार ८ सयमध्ये ८ हजार ५ सय रुपैया श्रीमति मिनालाई बुझाए पनि उनले आफूले रोखेको सुन अहिलेसम्म पाउन सकेकी छैनन् । यसको मुख्य कारण सञ्चालक उमेश विकको निधन भएको र श्रीमति मिना विक र दाजु लालबहादुर सेन्च्युरीको नियत खराब भएकै कारण धितो राखेको सुन पाउन नसकेको पीडित कमलाले बताउनुभयो ।

त्यस्तै हविगत भरौल ५ की आशा लिम्बुको समेत रहेको छ । उनले समेत दुई बर्ष अगाडि साउदी अरबको तातो घाममा परिश्रमसमेत व्याजको लालचमा सोही सुन पसललाई दुई लाख ऋण दिइन् । सञ्चालक उमेश छउन्जेल उनले व्याजको नाममा ६५ हजार ५ सय लिइसकेपनि उमेशको निधनपश्चात न सावा न व्याज नै पाउनुभयो । श्रीमानले मरुभमीबाट कमाएको पैसा एकै पटक झ्वाम भएपनि अहिले उनी रुनु न हास्नुको अवस्थामा पुग्नुभएको छ ।

स्थानीय श्याम कार्कीले समेत व्याजको लोभमा ६ लाख रुपैया उमेशलाई दिनुभएको थियो । उनको समेत अहिलेसम्म न व्याज नै आउछ नत आफ्नो सावा नै आउछ । उहा समेत यतिका रकम पाउनका लागि सम्बन्धित निकाय धाउनुभयो तर पनि हातलाग्यो सुन्य भएको पीडित कार्कीले दुःखेसो सुनाउनुभयो । कमला, आशा र श्याम त प्रतिनिधिपात्र मात्र हुन यी र यस्ता ५५ जनाको रकम कुम्ल्याएर सञ्चालक मिना र लालबहादुर इटहरीमा सिंगौरे सुनपसल खोलेर बसेका छन् ।

शुरुका दिनमा गाउलेहरुले मिना विक र लालबहादुर सिंगौरेका विषयमा इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिन खोज्दा भरौलको समस्या भरौल प्रहरी चौकीमा निवेदन दिन प्रहरीले भनेपछि उनीहरुले त्यहा समेत ठगीको उजुरी हाले । उनीहरुले दिएको उजुरीको सुनुवाई हुनु त कता हो कता उल्टै सञ्चालकद्वय मिना र लालबहादुरले उल्टै धम्क्याउने गरेको उनीहरुको आरोप छ । उनीहरुले आज भरौलको कालाबन्जारमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुको रकम अपचलन गर्ने मिना विक र लालबहादुर सिंगौरेलाई कारबाही मागसहित डुबेको रकम फिर्ता हुनुपर्ने माग राखेका छन् ।

यसै विषयमा सञ्चालक लालबहादुर सेन्च्युरीलाई टेलिफोन सम्पर्क गर्दा उहाको मोवाइल नै स्वीचअफ रहेको छ । गाउलेहरुको करोडौ रुपैया अपचलन गरी मोवाइल नै स्विचअफ गरेर बस्ने अनि पीडित रकम माग्न जादा उल्टै धम्क्याउने प्रवृत्तिले उनीहरुको ठग प्रवृत्तिको पर्दाफास भएको प्रष्ट हुन्छ । यसतर्फ प्रहरी प्रशासनले समेत आखा चिम्लेर बसेको हो भन्ने कुरा कसैलाई बुझ्न गाह्रो छैन । यस्ता ठगहरुलाई कारबाही नगरी उन्मुक्ति दिने हो भने भोलि अर्काे ठगको जन्म हुन्छ र ठगले ठग्ने प्रोत्साहन मिल्न सक्छ । यसतर्फ प्रहरी प्रशासन बेलैमा सचेत हुने हो कि ? पुर्वेलीन्यूजको सहयोगमा

प्रकाशित : ६ माघ २०७३, बिहीबार ०८:००