आइएमई कस्टमर कार्डमा बोनस पोइन्ट र उपहारको योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइएमई कस्टमर कार्डमा बोनस पोइन्ट र उपहारको योजना



काठमाडौं ६ माघ। आइएमईले कस्टमर कार्डमा बोनस अंकसहित निश्चित उपहारको व्यवस्था गरेको छ ।यो योजना आगामी असार मसान्तसम्म लागु हुनेछ ।

योजनाअन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुुसार निश्चित बोनस अंक प्राप्त हुनेछ । निश्चित बोनस अंकमा तोकिएको उपहार प्राप्त गर्न सकिनेछ ।

साथै बोनस अंक नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार (आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिनेछ ।

पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेटबोनस अङ्कवापत प्राप्त गर्न सकिने उपहारहरू हुनेछन् ।

प्रकाशित : ६ माघ २०७३, बिहीबार १५:१७