अरनिको डेभलपमेन्टको संचालन मुनाफामा भारी वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरनिको डेभलपमेन्टको संचालन मुनाफामा भारी वृद्धि



काठमाडौं, ७  माघ । ३० करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएको अरनिको डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा सन्चालन मुनाफामा भारी वृद्धि गरेको छ । बैंकले गत वर्षको सोहि अवधिमा भन्दा यस वर्ष सन्चालन मुनाफामा ६ गुणाले अर्थात् ५ सय ३४ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको हो । बैंकले ४ करोड ४ लाख रुपैयाँ सन्चालन मुनाफा कमाएको छ ।

त्यस्तै बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ६७ लाख ३१ हजार रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा ८८ दशमलव ६२ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा २ करोड ३ लाख ३६ हजार रुपैयाँ कमाएको थियो ।

अरनिको डेभलपमेन्ट बैंकले जगेडा कोषमा १६ करोड २९ लाख रुपैयाँ छुट्याएको छ भने निक्षेप २४ दशमलव ५० प्रतिशतले बढाएको छ । बैंकको खुद व्याज आम्दानी ७५ दशमलव ७६ प्रतिशतले बढेर ६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १ करोड २७ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा १ करोड ७३ लाख रुपैयाँ उठाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिमाभन्दा ८२ लाख ७५ हजार रुपैयाँ कम हो ।

बैंकको जोखिम युक्त सम्पति १५ दशमलव ९७ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्यदशमलव ४८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव ३५ रुपैयाँ (वार्षिक), प्रतिशेयर नेटवर्थ १ सय ५४ दशमलव ०१ रुपैयाँ र तरलता अनुपात ३७ दशमल ८४ प्रतिशत रहेको छ ।

प्रकाशित : ७ माघ २०७३, शुक्रबार ०५:३२