म्युचुअल फन्डः जति जोखिम उति लाभ, यस्ता छन फाईदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

म्युचुअल फन्डः जति जोखिम उति लाभ, यस्ता छन फाईदा



व्यवस्थापन
म्युचुअल फन्डका हरेक एक परियोजनाको लगानीको व्यवस्थापन गर्नको लागि पेशेवार व्यक्ती(फन्ड म्यानेजर) नियुक्त गरिएको हुन्छ । यस्ता व्यक्तिका मातहतमा टेक्निकल अनि फन्डामेन्टल बिश्लेषक काम गर्छन । उनिहरुले बजारको अनुशन्धान गरेर  आफ्ना  पेशेवर व्यवस्थापकलाई बुझाउछन् । त्यसैको आधारमा  फन्ड म्यानेजरले आफ्नो लगानीको फैसला लिन्छ ।  यसको साथै लगानीको पोर्टफोलियो नि बन्छ । जस्मा विभिन्न प्रकारका सेक्यूरेटिकाह समुहहरु पनि बन्छन । ती विभिन्न प्रकारका हुन्छन् ,जस्तै शेयर,  मनी मार्केट इन्सटस्मेट्स आदिका  योजनाका अनुसार नै काम हुन्छन् । यसको कारण बजारको जोखिम विभाजित हुने कम संभावना हुन्छ ।  यस्तो सेवा तपाईलाई न्यूनतम शुल्कमा नै मिल्न सक्छ । तर, तपाईलाई यो सेवा एक्लै लिनको लागि इच्छा छ भने यसमा तपाईलाई धेरैनै शुल्क लाग्छ ।

फन्डको स्वामित्व

जुन परियोजनामा तपाई लगानी गर्नु हुन्छ त्यसको तपाईलाई सेयर प्राप्त हुन्छ । त्यस्ता परियोजनामा  जति धेरै सेयर हुन्छ, त्यसको अनुपातमा  त्यसका योजनामा तपाईकै स्वामित्व बन्छ ।  चाहे तपाई थोरै वा धेरै नै लगानी  किन नगर्नुस । तपाई जस्ता धेरैले पैसा एकिकृत भए  पछि तपाईको पैसा विभिन्न प्रकारका लगानीको साधनमा लगानी हुन जान्छ । जस्ले तपाईला लाभ दिन्छ ।

जोखिम विविधिकरण

म्युचुअल फन्डमा लगानी गरेको तपाईको पैसा विभिन्न साधनमा, सेयर, बन्ड, आदि विविध साधनमा हुने भएकाले जोखिमको विविधिकरण हुन जान्छ ।  यसकारण कुनै एक क्षेत्रको मात्रै मुल्य कम या बढी  हुदा तपाईले चिन्ता दिनु पर्ने जरुरी नै हुदैन ।

धेरै जोखिम, धेरै लाभ

म्युचुअल फन्डमा विभिन्न प्रकारका परियोजनाहरु उपलब्ध हुनन्छन् । त्यस मध्ये कुनैमा  धेरैनै जोखिम हुन्छन त कुनैमा थोरै जोखिम हुन्छ । कतै सेयर बजारको उतार चढावको परिमाण हुन सक्छ भने, कतै सेयर बजारको जोखिम कम या त नहुन पनि सक्छ । तपाई जस्तो जोखिम लिन चहानु हुन्छ, त्यस्तै परियोजनामा लगानी गर्ने हक तपाई लाई नै छ ।  एउटा कुरा ध्यानमा राख्नुस् कि म्युचुअल फन्डका योजनाहरुमा जति नै धेरै जोखिम हुन्छ उतिनै धेरै लाभ मिल्न सक्छ । त्यस्तै जतिनै कम जोखिम  उति नै कम लाभको अवसर हुन्छ ।

प्रकाशित : ४ असार २०७४, आईतवार ०७:१६