सहकारी बैंकको खातामा गम्भिर गडबड ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सहकारी बैंकको खातामा गम्भिर गडबड !



आयकर विभागले भारतमा भएको नोट बन्दी पछि सहकारी बैंकको खातामा गम्भिर गडबड भएको बताएको छ । आयकर विभागले भारतिय रिजर्भ बैंकलाई पत्र लेख्दै सहकारी बैंकको खातामा सहकारी बैंकको खातामा करोडौँ रुपैँयाँको अवैध लेनदेनको बारेमा जानकारी दिएको छ ।  आयकर विभागले तयार पारेको विश्लेषण रिपोटमा  दुई बिशेष कुराको बारेमा जानकारी दिएको छ । यसमा मुंबइ र पुणेका दुई बिषयका बारेमा जानकारी दिदै भनेको छ । जुनमा दुई सहकारी बैंकले कालोधन मानिएको ५०० र १०००का पुराना नोटमा ११३ करोड रुपैयाँ अनिरिक्त राशि भएको नियमक निकायलाई जानकारी दिएको छ । रिपोटमा पीटीआइको पास समेत उपलब्ध छ ।

रिपोटमा बताइए अनुसार पुणेको बैंकले रिजर्व बैंकलाई २४२ करोडका नोट दिएको थियो । तर उसको साथमा १४१ करोड रुपैयाँ थियो । सहकारी र्बैकले २३ डिसेम्बर २०१६मा आफ्नो साथमा १०१.७० करोड रुपैयाँको अतिरिक्त पुरानो नोट भएको जानकारी दिएको थियो ।  मुंबईमा पनि यति तरिकाले बैंकले ११.८८ कराृेड रुपैयाँको अतिरिक्त राशि हुने जानकारी दिएको थियो । आयकरण विभागले पछिल्लो बर्ष नोट बन्दी पछि यि दुई बैंकको सर्वे पनि गरेको थियो । यो समयमा उसका पुरानो चलन अनुसार बाहिर गएको नोट यि दुई र्बैंकमा उपलब्ध भएको हुनु र रिजर्व बैंकलाई दिएको जानकारीमा निकै अन्तर आएको बताइएको छ ।

अधिकारिहरुले यसबारेमा रिजर्व  बैंकलाई जानकारी दिइसकेका छन । र यसका थप ताजा जानकारी समेत उपलब्ध गराउने क्रम चलिरहेको बताएका छन् ।  आयकर विभागले यस भन्दा अगाडी पनि सहकारी बैंकका कामकारबाहीलाई लिएर गंभिर चिन्ता व्यक्त गर्दै आएको छ । भारतिय सञ्चार माध्यमको सहयोगमा

प्रकाशित : ७ माघ २०७३, शुक्रबार ०७:४५