राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी



काठमाडौं, ८ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५२ औं वार्षिकोत्सबको अवसरमा शनिबार राजधानीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । जनतामा वित्तीय सेवाको पंहुच सहितको वित्तीय साक्षरताका अभिबृद्धिकालागि उक्त कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ ।

कार्यक्रममा वित्तीय साक्षरता झल्काउने ब्यानर र प्लेकार्ड सहित संयौंको संख्यामा बैंकका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रभातफेरी कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष डा.रवीन्द्र प्रसाद पाण्डे, संचालक प्रा.डा.रामदेब सिंह, प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृतद्धय बिष्णु बैद्य, भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, कबिराज अधिकारी, केशब प्रसाद लम्साल, टेकराज जोशी पनि उपस्थित थियो ।

बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा बाट शुरु भएको प्रभातफेरी कार्यक्रम भद्रकाली, शहिदगेट, रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली हुंदै पुनःकेन्द्रीय कार्यालय सिंहदरबार प्लाजा परिसरमा पुगी समापन भएको थियो । त्यसैगरी वार्षिकोत्सबको अवसरमा बैंकका ९५ जना कर्मचारीहरुले रक्तदान पनि गरेका थिए । सो अवसरमा करिब ४ सय जना कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यामा विभिन्न खेलकुद प्रतियोगिताको पनि आयोजना गरेको थियो । ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, हाजिरीजवाफ लगायतको प्रतियोगितामा बैंकका कर्मचारीहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगतामा बिजयी हुनेहरुलाई आईतबार विशेष कार्यक्रमका बीच पुरस्कार बितरण हुने काय्रक्रम रहेको छ ।

प्रकाशित : ८ माघ २०७३, शनिबार ०१:०९