प्राइम कमर्सियल बैंक यस्तो छ प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम कमर्सियल बैंक यस्तो छ प्रगति



काठमाडौं, ९  माघ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको खूद नाफातर्फ सामान्य प्रगति मात्र भएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको सोही अवधिमा खूद नाफा १९.२९ प्रतिशतले मात्र वृद्धि भएको हो ।

बैंकले आइतबार प्रकाशित गरेको वित्तीय विवरणका अनुसार ४६ करोड ९२ लाख रुपैयाँ रहेको नाफा यो वर्ष बढेर ५५ करोड ९७ लाख रुपैयाँ मात्र पुुगेको हो । अघिल्लो वर्ष ६९ करोड ३८ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी वृद्धि भई यो वर्ष ८० करोड ८१ लाख रुपैयाँ पुुगेको छ ।

यो बैंकले ५५ अर्ब निक्षेप संकलन गरी ४६ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ४२ अर्ब ३० करोड निक्षेप संकलन गरी ३४ अर्ब ११ करोड कर्जा प्रवाह गरेको थियो ।

अघिल्लो वर्ष १.४६ प्रतिशत रहेको निस्क्रिय कर्जा घटेर यो वर्ष १.३६ प्रतिशतमा झरेको छ । यो बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा, प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात २२.५१ गुणा कायम भएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा यो बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा थियो । प्राइम कमर्सियल बैंकको चुक्तापूँजी ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ छ ।

प्रकाशित : ९ माघ २०७३, आईतवार १२:२०