ललितपुर मलमा माघ १४ देखि मोवाइल महोत्सव, ५ देखि ७० प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ललितपुर मलमा माघ १४ देखि मोवाइल महोत्सव, ५ देखि ७० प्रतिशतसम्म छुट



काठमाडौं १० माघ । ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले मोवाइल महोत्सवको आयोजना गर्ने भएको छ । कम्पनीले अग्रेजी नयाँ वर्षको अवसर पारेर ‘जोप्पो मोबाइल प्रिजेन्टस ललितपुर मोबाइल एक्स्पो २०१७’ को आयोजना गर्न लागेको छ ।

ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ वर्षलाई उत्सवमय बनाउन कम्पनीले यहि माघ १४ गतेदेखि मोबाइल मेला आयोजना गर्न लागेको हो । ‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्ने मुल नाराका साथ ग्राहकहरुलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्य अनुरुप गरिएको सो मेला माघ २२ गतेसम्म चल्नेछ ।

मेलामा विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्नेछन् । हरेक समय कम्प्लेक्सले ग्रे मार्केटलाई रोक्न र आधिकारिक ब्राण्डेड फोनहरु तथा एसेसरिजहरु मात्र खरिद गर्नको लागि ग्राहकहरुलाई अभिप्रेरित गर्दै आएको छ । मोबाइल कम्प्लेक्समा न्यूनतम १ हजार रुपैयाँ देखि १ लाख ४० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

एक्स्पोमा जोप्पोको कलर एफ ५, हुवावेको जिआर ५ २०१७, सामसुङको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए३, कलर्सको पि ८५ प्लस, डिटिसीको गियर म्याक्स, ओबीआईको एस एफ १.५, जेडटिईको एक्सजोन मिनी, ओप्पोको एफ वान एस मोडलका स्मार्टफोनहरु विशेषरुपमा प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ ।

ग्राहकहरुका लागि अग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन नयाँ योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । ‘हामीले यो कम्प्लेक्समा ग्राहकलाई ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहकहरु हामीकहाँ नियमित आउने गर्दछन्,’ उनले भने, ‘अब ग्राहकले मोबाइल खरिद गर्दा गुणस्तर र आधिकारिक बिल भएको मोबाइल मात्र खरिद गर्नुपर्ने हुन्छ ।

मेलामा ५ देखि ७० प्रतिशतसम्मको छुट उपलब्ध गराईने छ भने माइक्रोसफ्ट स्मार्टफोनको हरेक मोबाइल खरिदमा अर्को मोबाइल फ्रि प्राप्त गर्न सकिनेछ । त्यसैगरी अन्य स्मार्टफोनहरुको खरिदमा पावर ब्याङ्क, सेल्फी स्टीक, ब्लूटूथ स्पीकर उपहारमा प्राप्त गर्न सक्नेछन् ।

मोबाइल मेलाको अवधिभर कम्प्लेक्सलमा करिब ३ लाख ग्राहकहरुले मेला अवलोकन गर्ने अनुमान गरिएको छ भने ५ करोड रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : १० माघ २०७३, सोमबार ११:१३