जीपी लुब्रिकेन्ट्सको अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जीपी लुब्रिकेन्ट्सको अफर



काठमाडाै १२ माघ  । जीपी लुब्रिकेन्ट्सको आधिकारीक विक्रेता हजुरलाई नमस्ते ट्रेडिङले ६ महिनामा ५ हजार लिटर लुब्रिकेन्ट्स उपभोग गर्नेलाई मलेसिया घुमाउने आकर्षक योजना सार्वजनिक गरेको छ ।

कम्पनीले लुब्रिकेन्ट्स नेपाल भित्र्याएको एक वर्ष पुगेको अवसारमा यो अफरको घोषणा गरेको हो । अफर घोषणा कार्यक्रममा लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक दिनेशकुमार एस हरिदासले नेपाल भित्रेको एक वर्षको अबधिभित्र सबैभन्दा बढी खरिद गर्ने ५ जना क्रेतालाई आभारपत्र समेत वितरण गरेका छन् ।

कम्पनीका अनुसार लुब्रिकेन्ट्स मास फमुर्लाअनुसार बनेको हुनाले उच्चतम गुणस्तरको रहेको कम्पनीको दावी रहेको छ ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ०६:०१