राष्ट्रिय वाणिज्य बैंकले माग्यो आईपिओ जारी गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय वाणिज्य बैंकले माग्यो आईपिओ जारी गर्ने अनुमति



काठमाडौं, ९ मंसिर  । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक ले सर्वसाधारणमा शेयर जारी गर्नका लागि सरकारसँग अनुमति माग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले आज आफ्नो कर्पोरेट शाखा उद्धघाटनको क्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा समक्ष ३० प्रतिशत शेयर सर्वसाधरणलाई बिक्री गर्न अनुमति माग गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकको सर्वसाधारणमा शेयर जारी गर्ने कुरामा नेपाल राष्ट्र बैंकले समेत गरेको छ ।

एमाले नेतृत्वको सरकार हुँदा नै सर्वसाधारणमा शेयर जारी गर्न राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिले अर्थमन्त्रालयमा प्रस्ताव पेश गरेको भएपनि तत्कालिन सरकारले अस्विकार गरेको थियो । स्मरण रहोस नेपाल सरकारको २०७१ चैत ११ मा बसेको मन्त्रिस्तरको बैठकले पनि सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : ९ माघ २०७२, शनिबार ०९:३१