युनाईटेड फाइनान्सको मुनाफामा ७८ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनाईटेड फाइनान्सको मुनाफामा ७८ प्रतिशतले बढ्यो



काठमाडौं, १३ माघ  । युनाईटेड फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ७८ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा ७८ दशमलव १३ प्रतिशतले वृद्धि गरेको हो । कम्पनीले गत वर्षको सोहि अवधिमा मुनाफा ३ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।

६७ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले जगेडाकोषमा २२ करोड ४४ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा १७ प्रतिशतले वृद्धि गरी ५ अर्ब रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा २५ दशमलव ८४ प्रतिशतले बढेर ४ अर्ब ५० करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी १९ दशमलव ४२ प्रतिशतले बढेर १२ करोड ३६ लाख रुपैयाँ पुगेको छ । भने संचालन मुनाफा ५ करोड ८० लाख पुगेको छ । फाइनान्सले प्रेभिजनमा ३ करोड ६२ लाख रुपैयाँ राखेको छ भने ६५ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

फाइनान्स (UFL) को जोखिम युत्त सम्पति १७ दशमलव ६४ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ४८ प्रतिशत रहेको छ । युनाईटेड फाइनान्स लिमिटेडको प्रतिशेयर आम्दानी १७ दशमलव २४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १५ दशलमव ९० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३३ दशमलव ४६ रुपैयाँ र तरलता अनुपात ३० दशमल ६१ प्रतिशत रहेको छ ।

प्रकाशित : १३ माघ २०७३, बिहीबार ०५:४२