सुबिसुले ल्यायो जम्बो अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुबिसुले ल्यायो जम्बो अफर



काठमाडौं,१३  माघ  । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट(प्रा.) लि ले, सुबिसु क्यान इन्फोटेक २०१७ लाई लक्षित गरी आफ्ना ग्राहकहरु समक्ष जम्बो अफर प्रस्तुत गरेको छ ।

अफर अन्तर्गत ग्राहकहरुले क्लियर टिभी र इन्टरनेटको सुपर कम्बो अफर केबल रु ७९९९ (कर सहित) मा प्राप्त गर्न सक्नेछन् । जसमा ३ महिनाको लागि २ एमबिपिएस इन्टरनेट तथा क्लियर टिभी प्रिमियम प्याकेजका साथै ग्राहकहरुले वाईफाई राउटर, क्लियर टिभी सेटअफबक्स र जडान खर्च निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । प्याकेजमा ४० एचडी सहित १५५ च्यानल रहनेछन् ।

त्यस्तै क्लियर टिभी अफर केबल रु २९९९ (कर सहित) मा प्राप्त गर्न सक्नेछन् जसमा २ महिनाको लागि क्लियर टिभी प्रिमियम प्याकेज ९४० एचडी सहित १५५ च्यानल० का साथै ग्राहकहरुले क्लियर टिभी सेटअप बक्स जडान खर्च निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले क्लियर टिभी र इन्टरनेटको सुपर कम्बो अफर ६ महिनाका लागि रु १०,९९९ (कर सहित) र १२ महिनाका लागि रु १९,९९९ (कर सहित) मा प्राप्त गर्न सक्नेछन् । क्लियर टिभी अफर ६ महिनाका लागि रु ५,६९९ (कर सहित) र १२ महिनाका लागि रु ८,९९९ (कर सहित) मा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार अफर सुबिसु क्यान इन्फोटेक २०१७ मेला अवधिभरी मात्र लागु हुनेछ ।

प्रकाशित : १३ माघ २०७३, बिहीबार १३:१४