मेक्सिकोको सिमा क्षेत्रमा पर्खाल लगाउन ट्रम्पको आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

मेक्सिकोको सिमा क्षेत्रमा पर्खाल लगाउन ट्रम्पको आदेश



काठमाडाै १३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउनका लागि कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पले मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउन, सिमा सुरक्षा बल बढाउन र कागजपत्रविहिन आप्रवासीलाई देशनिकालाको संख्या बढाउन आदेश दिएका छन् ।

ट्रम्पको यो आदेशलाई अमेरिकी अध्यागमनलाई नयाँ स्वरुप दिने ट्रम्प यात्राको पहिलो कदमका रुपमा हेरिएको छ । ट्रम्पले अमेरिका मेक्सिको सिमाक्षेत्रमा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आफूले सिमा सुरक्षाका लागि यो कदम उठाएको बताएका छन् ।

सिमाक्षेत्रमा पर्खाल लगाउने काम केहीमहिनामा नै सुरु हुने बताइएको छ । तर यो बृहत परियोजना भने तत्कालै लागु हुने ट्रम्पले बताएका छन् । ट्रम्पको बुधबारको कार्यकारी आदेशमा बच्चा उमेरमा नै अमेरिका आएकालाई समेट्ने डिफर्ड एक्सन फर चाइल्डहुड एराइभलबारे केही बोलिएको छैन ।

डोनाल्ड ट्रम्पले आगामी दिनमा अमेरिकामा शरणार्थीको प्रकृयालाई कडा बनाउनुका साथै कैयन देशबाट भिसाको प्रकृयालाई पनि कडा बनाउने जनाइएको छ । ट्रम्पले बुधबार हस्ताक्षर गरेको कार्यकारी आदेशमा अमेरिका र मेक्सिकेको सिमाक्षेत्रमा भलण्डै ३२ सय किलोमिटर लामो पर्खाल निर्माणको आदेश दिइएको छ ।

ट्रम्पको कार्यकारी आदेशसँगै अब सिमा क्षेत्रमा सुरक्षा कडा बनाउन बोर्डर पेट्रोलका ५ हजार र आइसका १० हजार नयाँ अधिकारीहरु थपिने जनाइएको छ ।खासखोसबाट

प्रकाशित : १३ माघ २०७३, बिहीबार १५:३५