अब सेयर जारी गर्दा उठेको रकम राष्ट्र बैंकमा जम्मा गर्नु पर्दैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब सेयर जारी गर्दा उठेको रकम राष्ट्र बैंकमा जम्मा गर्नु पर्दैन



काठमाडौं  १३ माघ । बजारमा बैंकहरुसँग कर्जा लगानी गर्न रकम अभाव हुन थालेपछि धितोपत्र बोर्डले सेयरमा लगानीकर्ताले आवेदन गर्ने रकम राष्ट्र बैंकमा राख्नु पर्ने व्यवस्था हटाएको छ ।

धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा ९४० मा “धितोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको ६ कार्यदिन भित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तिमा ६ कार्यदिनको लागि जम्मा गर्नुपर्ने उल्लेख छ । यसरी नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गरिएको रकम बोर्डको अनुमति लिएर मात्र झिक्नु पर्ने व्यव्स्था हटाएको हो ।

यो व्यवस्थाले बैंकहरुमा कम्तिमा ६ दिनको लागि भएपनि पुँजीको समस्या भने हट्नेछ । यसअघि निष्कासन बैंकले ६ दिन रकम राष्ट्र बैंकमा राखेपछि भने आफुले मन लागेको अन्य कतै राख्न सक्ने अवस्था थियो ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिनाको आफ्नो वित्तीय अवस्था बारे नेपाल राष्ट्र बैंकमा विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको र सार्वजनिक निष्काशनमा बोर्डले आस्वा (बैंक खातामा नै आवेदन गरेको रकम रोक्का रहने व्यवस्था) प्रणाली लागू गरिसकेकोले यो व्यवस्था हटाएको हो । हालै नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा ५२ अर्बसम्म आवेदन परेको थियो । फवार्ड माइक्रोफाइनान्सको सेयरमा पनि आस्वा बाहेक २ अर्बको आवेदन परेको थियो ।

प्रकाशित : १३ माघ २०७३, बिहीबार १५:४७