कति कमायाे ग्लोबल आईएमई बैंकले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कति कमायाे ग्लोबल आईएमई बैंकले ?



काठमाडौं, १४ माघ । ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १८ दशमलव ८१ प्रतिशतले वृद्धि गरी ९० करोड ६२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ७६ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।

७ अर्ब १५ करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २ अर्ब ४६ करोड १३ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी ८४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ संकलन गरी कर्जामा ७१ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले कर्जामा गत वर्षको सोहि अवधिमा ५४ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ लगानी गरेको थियो । बैंकको खुद व्याज आम्दानीमा २६ दशमलव ७३ प्रतिशतले बढेर १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ दशमलव ५३ प्रतिशतले बढेर १ अर्ब ४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा २७ करोड ९ लाख रुपैयाँ राखेको छ भने १९ करोड ५० लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको जोखिम युक्त सम्पत्ति शुन्य दशमलव ६४ प्रतिशतले घटेर ११ दशमलव ८२ प्रतिशत रहेको छ भने निष्कृय कर्जा पनि शुन्य दशमलव ०३ प्रतिशतले घटेर १ दशमलव ७१ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २५ दशमलव ३५ रुपैयाँ, मुल्य आम्दानी अनुपात १६ दशमलव ६९ गुणा, नेटवर्थ प्रति शेयर १ सय ३४ दशमलव ४२ रुपैयाँ रहेको छ ।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ०५:१२