प्रविधि उद्योगका १० धनाढ्यहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

प्रविधि उद्योगका १० धनाढ्यहरु



१.बिल गेट्स- विश्वको नं. १ धनी व्यक्तिको रुपमा रहेका गेट्स अमेरिकी कम्पनी माइक्रोसफ्टका सहसंस्थापक हुन् । उनको सम्पत्ति ७९ अर्ब २० करोड डलर छ ।

२.ल्यारी इलिसन- ओर्याकल कम्पनीका सहसस्थापक तथा पूर्व सिइओ इलिसन विश्वका पाँचौँ सर्वाधिक धनी मानिस हुन् । ७० वर्षका इलिसनको सम्पत्ति ५४ अर्ब ३० करोड छ ।

३.जेफ बेजोस- अमेजन कम्पनीका संस्थापक तथा सिइओ बेजोस अर्वपतिको सूचिमा १५ औँ स्थानमा छन् । उनको सम्पत्ति ३४ अर्ब ८० करोड डलर छ ।

४. मार्क जुकरबर्ग- फेसबुकका संस्थापक तथा सिइओ ३० वर्षीय जुकरबर्ग फोब्र्सको धनाढ्यको सूचिमा १६ औँ स्थानमा छन् । उनको सम्पत्ति ३३ अर्ब ४० करोड छ ।

५.ल्यारी पेज- विश्वको अर्बपतिको सूचिमा १९ औँ स्थानमा रहेका पेजको कुल सम्पत्ति २९ अर्ब ७० करोड छ । उनी अमेरिकी कम्पनी गुगलका सहसस्थापक तथा सिइओ हुन् ।

६.सर्गेइ बि्रन- गुगलका सहसस्थापक तथा विशेष परियोजना निर्देशक बि्रन विश्वका २० औँ ठूला अर्बपति हुन् । उनको सम्पत्ति २९ अर्ब २० करोड डलर छ ।

७. ज्याक मा- चिनिया इ कमर्श कम्पनी अलिबाबाका संस्थापक अध्यक्ष ज्याक मा विश्वका अर्वपतिको सूचिमा ३३ औँ स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति २२ अर्ब ७० करोड डलर छ ।

८.स्टेभ बाल्मर- माइक्रोसफ्ट कम्पनीको पूर्व सिइओ बाल्मर विश्वका ३५ औँ अर्बपति हुन् । उनको कुल सम्पत्ति २१ अर्ब ५० करोड डलर छ ।

९. लरेन पावेल जब्स- एप्पलका सस्थापक स्टिभ जब्सकी श्रीमती लरेन इमर्सन कलेक्टिभ कम्पनीकी संस्थापक तथा अध्यक्ष हुन् । विश्वका अर्वपतिको सूचिमा ४५ औँ स्थानमा रहेकी जब्सको सम्पत्ति १९ अर्ब ५० करोड छ ।

१०. मिचेल डेल- अमेरिकी कम्प्युटर कम्पनी डेलका अध्यक्ष तथा सिइओ मिचेल डेल विश्वका अर्बपतिको सूचिमा ४७ औँ स्थानमा छन् र उनको कुल सम्पत्ति १९ अर्ब २० करोड रहेको छ ।एजेन्सीको सहयोगमा

प्रकाशित : १४ असार २०७४, बुधबार १०:०९