स्ट्याण्डर्ड चार्टर्ड बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ ल्याउने



काठमाडौं, माघ १४ । स्ट्याण्डर्ड चार्टर्ड बैंक ले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ ल्याउने भएको छ । पूँजी वृद्धिका लागि एफपिओ निष्काशनको प्रक्रियमा रहेको बोर्डले शेयर निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्ड आवेदन दिएको छ ।

बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघि नै एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ११९० रुपैयाँ प्रिमियम मूल्य सहित १२९० रुपैयाँ एफपिओ जारी गर्ने भएको हो । बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

चुक्ता पुँजी बढाउनका लागि प्रिमियम मुल्यमा एफपीओ जारी गर्न लागेको बैंकले शेयर संख्याका आधारमा ३ अर्ब ३० करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये बैंकको चुक्ता पूँजीमा २५ करोड रुपैंया थपिनेछ भने बाँकी ३ अर्ब ५ करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ ।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ०९:२०