शहीद परिवारलाई चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शहीद परिवारलाई चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट



काठमाडौं  १४ माघ। शहीद दिवसको अवसरमा चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी  केबलकारले शहीद परिवारको परिचय प्राप्त सदस्यहरुलाई ५० प्रतिशत छुटमा टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ ।

शहीदको त्याग, तपस्या र बलिदानको कदरस्वरूप शहीद परिवारका सदस्यहरुलाई यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ । छुट व्यवस्थाअनुसार ७ सय पर्ने केबलकार टिकट ३ सय ५० रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।

टिकट खरिद गर्दा नेपाल सरकारबाट वितरण गरिएको शहीद परिवार सदस्य परिचयपत्र अनिवार्य रुपमा साथमै लिई आउनुपर्ने छ ।

यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन पाउनेछैनन । यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ ।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार १०:०५