एनसीसी बैंकमा लफडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसीसी बैंकमा लफडा



काठमाडौं १६  माघ । कहि साताअघि मात्रै मर्जर भएको नेपाल क्रडिट एण्ड कमर्श बैकभित्र दुईजना डेपुटी सीईओ नियुक्ती गरेसँगै लफडा सुरु भएको छ । राष्ट्र बैंकले व्यवस्थापन लिएको दुई वर्षपछि चारवटा विकास बैंकलाई गाभेको एनसीसी बैंकमा कर्मचारी व्यवस्थापनको विषयमा बढेको विवाद राष्ट्र बैंक र अख्तियारसमेत पुगेको छ ।
राष्ट्रियस्तरका चारवटा विकास बैंकहरु एपेक्स, सुप्रिम, इन्टरनेशनल र इन्फ्राष्ट्रचर डेभलपमेन्ट एनसीसीमा गाभिएको १ महिना पनि पुरा भएको छैन ।

अंगेजी नयाँ वर्षको लिन एकीकृत कारोबार सुरु गरेको एनसीसी बैंक संचालक समितिले मर्ज भएको एक हप्ता नबित्दै डिजिएम बन्दना पाठकलाई डेपुटी सीइओ नियुक्त गरेको थियो । यसअघि उनी डिजिएम रहेको रमेश अर्याल सीइओ बनेपछि मर्जरको केहिअघि डिजिएममा बढुवा भएकी थिइन् । उनी ६ महिनामा उच्च व्यवस्थापकीय तहमा डब्बल प्रमोशन पाउने भाग्यमानी भएकी छिन् ।

पाठकलाई डेपुटी सीईओ नियुक्त गरेकै बैठकमा सुप्रिम डेभलपमेन्ट बैंकका सीइओ रहेका रेवन्तकुमार दहाललाई पनि डेपुटी सीईओमा नियुक्त गरियो । सोहि नियुक्ति नै विवादको मूल कारक बन्न पूग्यो । वाणिज्य बैंकमा काम गरेको अनुभव नै नभएका दाहाललाई एकैपटक डेपुटी सीईओ नियुक्त गर्ने विषय भएको थियो । आजको शेयर बजार साप्ताहिकबाट

प्रकाशित : १६ माघ २०७३, आईतवार ०६:४६