खुल्यो नागरिक लगानी कोषमा जागिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खुल्यो नागरिक लगानी कोषमा जागिर



काठमाडौं,१६   माघ । नागरिक लगानी कोषले सहायक अधिकृत र वरिष्ठ सहायक कर्मचारीको लागि आवेदन माग गरेको छ । कोषले विज्ञापन प्रकाशित गर्दै स्थायी सेवामा काम गर्ने गरी खुला दरखास्त आव्हान गरेको हो ।

कोषले सहायक अधिकृतमा एक जना र वरिष्ठ सहायकमा ६ जना कर्मचारीको माग गरेको हो ।

सहायक अधिकृतमा आवेदन दिन चाहने आवेदकले कम्तीमा पनि स्नातकोत्तर वा सो सरहको उपाधी हासिल गरेको हुनु पर्ने र वरिष्ठ सहायकको लागि कम्तीमा स्नातक वा सो सरहको उपाधी हासिल गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

प्रकाशित : १६ माघ २०७३, आईतवार ०६:५०