भन्सार एजेन्टहरु कालोधनलाई सेतो पार्ने अभियानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भन्सार एजेन्टहरु कालोधनलाई सेतो पार्ने अभियानमा



मोरङ,१६ माघ । विराटनगर भन्सार र्कायालयका नामुद भन्सार एजेन्ट गुलाबचन्द्र साहाले मासिक रुपमा लाखौ रुपैया सरकारी राजस्व चुहावट गर्ने गरेको रहस्य खुलेको छ । एजेन्ट साहाले प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेत र अधिकृत राजेन्द्र ढुङगानाको मिलेमतोमा यसरी लाखौ रुपैया बराबरको राजस्व चुहावट गर्नेगरेको भन्सार निकट समाचार सुत्रले जानकारी गराएको छ ।

विगत चारदशक भन्दा बढि समय देखि विराटनगर भन्सार कार्यलयमा एजेन्टको काम गर्दै आईरहेका औठा छाप साहाको रबाफ निक्कै नै बढेको छ । प्रमुख भन्सार अधिकृत देखि अधिकृत र तल्लो स्तरका कर्मचारीहरुलाई तिमी शब्द प्रयोग गर्ने साहले राजस्व चुहावट गरेर अरबौको सम्पती जोडेको छ । एजेन्ट साहको विराटनगर १५ स्थित केशलीया रोडमा अरबौको आलिशान महलरहेको छ ।

शुरुमा अर्काको पशलमा ज्यालादारी मजदुरको कामगर्ने साहले भन्सारमा कामगर्न थालेपछी कसरी अरबौको सम्पतीको मालिकभए यषविषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पती सुद्धिकरण आयोग, लगायतले अनुसन्धान गन जरुरी देखिएको छ ।
एजेन्ट साहाको शनिमन्दिर नजिकै सिटजन्स बैक रहेको आलीशानको महल तुलसी कम्प्लेक्स खरिद गरेका छन । जुन आजको मितीमा अरबौभन्दा बढीको मुल्य पर्छ ।

एजेन्ट साहाको बिजुली अफिस अघाडि अरबौ भन्दाबढी हाडवेयर पशल खोलीएको छ । माईलो छोरा कन्हैया लालसाहाले संञ्चालन गर्दै आईरहेको सो हार्डवेयरबाट  मासिक रुपमा लाखौ रुपैया बारबारको राजस्व चुहावट गरेको पाईएको हो । भन्सार प्रशासनको मिलेमतोमा साहाले न्युनतम राजस्वतिरेर हार्डवेयरका सामानको पहलमा पुरयाउने र त्याँहाबाट देशभरीनै सामानको सप्लाई गरिरहेको पाईन्छ । यसबाहेक साहाको विराटनगरमा विसभन्दा बढि ठाउमा घडेरी खरिद गरेका पाईएको छ । जसको मुल्य आजको मितिमा अरबौ भन्दा बढिको रहेको बताईन्छ ।

नेपाल र भारतको दुबै देशको नागरिकता बोकेका एजेन्ट साहाले नेपालबाट राजस्व चुहावट गरेर कमाएको पैसा भारतमा लगेर लुकाउने गरेको समाचार सुत्रले बताएको छ । साहाका जेठा छोरा भारतको बिहार प्रान्तमा सरकारी अधिकृतको रुपमा काम गर्दै आएका छन । साहाले नेपालमा कमाएको पैसा भारतका सरकारी अधिकृत जेठा छोराको नाममा लुकाउने गरेको समाचार सुत्रको भनाई छ । एजेन्ट साहाले भन्सारमा कामगर्ने प्रहरी जवानलाई समेत मासिक पाँच हजार दिनेगरेका छन । उनले तयार गरेको प्रज्ञापनपत्रमा भन्सार मुल्याङकन आधामात्र हुने गरेको समाचार सुत्रको भनाई छ । एजेन्ट साहाले भन्सार जाँचकीलाई भन्सार लग्ने बस्तुको भन्सार मुल्याङकन कम गराउन मोटो रकम खुवाउने गरेको छ ।

भारत तर्फ भन्सार एजेन्टको रुपमा कामगर्दै आएका एक जना एजेन्टका अनुसार एजेन्ट साहाको सामान पुनरमुल्याङकन गर्ने हो भने ५० प्रतिशत भन्सार छल्नेगरेको पाईन्छ । एजेन्ट साहाले ईलाका प्रहरीकार्यलय रानीका प्रहरीहरुलाई समेत मासिक रुपमा नजराना बुझाउने गरेका छन ।  त्यसैगरी भन्सार प्रतिनिधि निरञ्जन अग्रवालले भन्सार प्रशासनको मिलेमतोमा लाखौ राजस्व छल्ने गरेको तथ्य बाहिर आएको छ । भन्सार प्रशासनका उच्च पदस्थ कर्मचारीहरुलाई भोगविलासका सामान उपलब्ध गराएर प्रज्ञापनपत्रमा हस्ताक्षेर गराएर राजस्व चुहावट गरिरहेको छ ।

विरगञ्जमा रहेको एक जना भन्सार एजेन्टको प्रतिनिधि कार्डबनाएर विराटनगर भन्सार कार्यलयमा रजाई गरिरहेका अग्रबालको हैसियत आजको मितीमा निक्कै नै बढेको छ । एक राजनितीक पार्टीका युवा दस्तालाई नियामित रुपमा सहयोगरकम उपलब्ध गराएर भन्सारमा नियामीत धन्दा चलाउन सफलभएक छन । भन्सार प्रशासनका कर्मचारीले अग्रवालको धन्दामा खुट्टा तन्काउने काम गरेको अवस्थामा युवा दस्तालाई नेताहरुले भन्सार प्रशासनकै कर्मचारीलाई र्थकाएर कामलिने गरेको सुत्रको भनाई छ ।पुर्वेलीन्युजबाट

प्रकाशित : १६ माघ २०७३, आईतवार ०९:३७