सेवा विस्तारमा सक्रिय देउराली जनता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेवा विस्तारमा सक्रिय देउराली जनता



काठमाडौं, १६ माघ । स्वास्थ्य क्षेत्रका लागि अतिआवश्यक विभिन्न औषधीहरु उत्पादन गर्दै आएको देउराली जनता फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडले २६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरी मनाएको छ ।

कार्यक्रमको अवसरमा कम्पनीले १०, १५, २० र २५ वर्ष सेवा पु¥याएका कर्मचारीहरुलाई सम्मान गरेको थियो । विभिन्न ३ सय प्रकारका औषधी उत्पादन गर्दै आइरहेको कम्पनीले मुटुरोग, मृगौला, मधुमेह जस्ता रोगका औषधीहरु पनि स्वदेशमा नै उत्पादन गर्दै आइरहेको छ । रोग लाग्नु भन्दा पनि रोग लाग्न नदिन सप्लिमेन्टहरु उत्पादनका लागि सरकारले नीति संशोधन गरेर सघाउनु पर्ने कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए ।

मानव स्वास्थयसँग सम्बन्धीत यस्ता औषधी उद्योगहरुको प्रबद्र्धनका लागि सरकारले ठोस नीति लिनुपर्ने भन्दै शर्माले आयातीत औषधीहरुको तुलानामा स्वदेशी औषधी कम्पनीहरुलाई प्रोत्साहन गर्नु पर्ने भनाइ राखे । खुला सिमानाका कारण नेपाली औषधी उद्योगहरुको व्यवसायीक महत्व संरक्षण गर्न सरकारले आवश्यक कदम चाल्नु पर्ने कम्पनीको भनाइ रहेको छ ।

देउराली जनता फर्मास्यूटिकल्सले आइएसओ १४००१, आइएसओ ९००१ त्था विश्व स्वास्थ्य संगठनको जीएमपीलगायतबाट प्रमाणिकरण गराई स्तरीय औषधी उत्पादन गरिरहेको छ । १ अर्व २० करोड रुपैयाँ कुल लगानी रहेको यस कम्पनीले जडित क्षमताको ७० प्रतिशत औषधीहरु उत्पादन गर्दै आएको जानकारी दिइएको छ ।

प्रकाशित : १६ माघ २०७३, आईतवार ११:३५