नेप्से साढे ६५ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से साढे ६५ अंकले घट्यो



काठमाडौं  १७ माघ। गत मंगलवारदेखि उच्च रुपमा घट्न थालेको नेप्से सोमवार ६५ दशमलव ४४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ९ दशमलव ७० अंकमा झरेर बन्द भएको छ । बैंक तथा वित्तीय संस्थले कर्जा व्याजदर उच्च रुपमा बढाएसँगै त्यसको असर सेयर बजारमा देखिएको जानकारहरु बताउँछन् ।
सोमवार कारोवारमा आएका सवै समूह ओरालो लागेको छ । सो दिन वीमा समुह सवैभन्दा बढी ५ सय ४६ दशमलव ५५ अंकले घटेको छ । त्यस्तै होटल १ सय २८ दशमलव ४८,जलविद्युत ७३ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ६० दशमलव ५५ अंकले ओरालो लागेको छ ।
त्यसैगरी विकास बैंक,फाइनान्स र अन्य समुह क्रमशः ४८ दशमलव ९९,३५ दशमलव ९२ र १५ अंकले घटेको छ । सोमवार १ सय २३ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ११ लाख २६ हजार कित्ता सेयरबाट ५३ करोड ६५ लाखको कारोवार भएको छ ।

प्रकाशित : १७ माघ २०७३, सोमबार १४:४४