साना किसान बैंकको सहयोगमा भूकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धी तालिम सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साना किसान बैंकको सहयोगमा भूकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धी तालिम सुरु



काठमाडाै १८ माघ । साना किसान विकास बैंक र एसियाली विकास बैंक (एडीबी)को सहकार्यमा सात जिल्लामा भूकम्प जोखिम प्रतिरोधी संरचना निर्माण सम्बन्धी तालिम सुरु गरेको छ।

बैंकले पहिलो चरणमा धादिङबाट तालिम दिन सुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले जानकारी दिए। २० वटा तालिमसञ्चालन सुरु गरेको छ। चालू आर्थिक वर्ष २०७३÷०७४ मा भूकम्प जोखिम प्रतिरोधी संरचना निर्माण सम्बन्धी २० वटा तालिम सञ्चालन गर्न बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँग बैंकले सम्झौता सम्पन्न गरेको छ।

सोही अनुुरुप भूकम्प अति प्रभावित सात जिल्लाका मानिसलाई तालिम प्रदान गर्ने तयारीमा जुटेको छ।  यस आयोजना अन्तर्गत साना किसान सहकारी संस्थाका सदस्यहरुलाई सहुलियत दरमा जिविकोपार्जन पुनरस्थापना कर्जा प्रवाह गर्ने व्यबस्था गरिएको छ। जसका लागि एसियाली विकास बैंकका तर्फबाट रु. ५८ करोड ८५ लाख र बैंकको तर्फबाट रु. १६ करोड १५ लाख गरी झण्डै १३ हजार भूकम्प पीडित साना किसान परिवारलाई रु.७५ करोड ऋण प्रवाह गर्ने कार्यक्रम रहेको छ।

पहिलो चरणमा एशियाली विकास बैंकबाट प्राप्त रकम मध्ये नेपाल सरकारबाट बैंकलाई रु. ३० करोड प्राप्त भएकोमा झण्डै ८ हजार पीडित परिवारलाई रु ३३ करोड ऋण जीविकोपार्जन पुनरस्थापना कर्जा प्रवाह भइसकेको छ। दोस्रो चरणको बाँकी रु. २८ करोड ८५ लाख निकासा प्राप्त भई ऋण प्रवाहको प्रक्रियामा रहेको छ।

यसै आयोजना अन्तर्गत समुदायमा आधारित कम्तिमा ९० वटा विपद् प्रतिरोधी संरचना निर्माण र ३० वटा विपद जोखिम न्युनिकरण सीप अभिबृद्धि तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको छ। जसमा २ हजार ४ सय जनाले तालिममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

एसियाली विकास बैंकका प्रतिनिधि मायुमी ओजाकी, बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कार्यक्रमका सल्लाहकारहरु रहेका थिए। सन् २०१५ डिसेम्बरमा नेपाल सरकार अर्थ मन्त्रालय तथा एशियाली विकास बैंक एवं एशियाली विकास बैंक तथा साना किसान विकास बैंकबीच आयोजना सम्बन्धि सम्झौतामा हस्ताक्षर भई यो आयोजना कार्यान्वयन चरणमा रहेको छ।

प्रकाशित : १८ माघ २०७३, मंगलवार ०८:२२