एनसीसी बैंकले बचत खातामा नै ६.५ प्रतिशत ब्याज दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसीसी बैंकले बचत खातामा नै ६.५ प्रतिशत ब्याज दिने



काठमाडौं १९ माघ। नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा एनसीसी उत्सव बचत खाता सञ्चालनमा ल्याएको छ । वार्षिक ६.५ प्रतिशत ब्याज दिने गरी ल्याएको यस बचत खातामा डेबिट कार्ड निःशुल्क प्रदान गरिनुका साथै बैंकको ९६ वटै शाखाहरुबाट निःशुल्क रुपमा अन्तर शाखा कारोबार पनि गर्न सकिने बैंकले बताएको छ ।

निक्षेपकर्ताहरुको लागी बैंकले रु. १० हजारसम्मको निःशुल्क औषधोपचार बीमा पनि गर्ने बताएको छ । बचत खातामा अझ पनि ब्याजदर बढ्न नसकेको भन्ने गुनासाहरु आइरहेको बेला बैंकले बचत खातामा नै उच्च ब्याजदर प्रदान गरेर बचत गर्न अभिपे्ररित गरेको हो ।  साथै, यस बैंकले १ सय २० दिनको मुद्दती खाता खोल्ने ग्राहकलाई वार्षिक १२ प्रतिशत ब्याज दिने गरी नयाँ मुद्दती खाता पनि ल्याई सकेको छ ।

गत पुस  १७ गतेदेखि चारवटा राष्ट्रिय स्तरका विकास बैंकहरु (इन्फ्रास्ट्रक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेण्ट बैंक) गाभेको बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ९६ वटा शाखा संजालबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १८ माघ २०७३, मंगलवार १३:२५