कुमारी बैंकले एक्वायर गर्न लागेका चार संस्थाको स्वाप रेसियो कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुमारी बैंकले एक्वायर गर्न लागेका चार संस्थाको स्वाप रेसियो कति ?



काठमाडौं, १९  माघ । कुमारी बैंक लिमिटेडले एक्वायर गर्न लागेको चार वित्तीय संस्थाको स्वाप रेसियो तोकेको छ । बैंकहरुको डिडिए मूल्याङ्कनबाट आएको शेयर स्वाप अनुपात संयुक्त प्राप्ति समितिको बैठकमा छलफल गरी चार वटै सस्थालाई प्रति शेयर रु.८५ को दरले एक्वायर गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

कुमारी बैंक लिमिटेडले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, महाकाली विकास बैंक लिमिटेड र काँक्रेबिहार विकास बैंक लिमिटेडलाई एक्वायर गर्न लागेको हो । उक्त एमओयुलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमती प्रदान गरेको छ ।

यी चारवटै संस्थाको प्राप्ति पश्चात् बैंकको चुक्ता पुँजी रु.१ अर्ब ६४ करोड थपिने छ । त्यस्तै बैंकले तत्काल जारी गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर वापत रु.१ अर्व ३५ करोड र अघिल्लो आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको २१ प्रतिशत बोनस शेयर वापत रु.५७ करोड गरी करिव रु. ६ अर्ब २७ करोड चुक्ता पुँजी हुने बैंकले जनाएको छ ।
यसरी रु.८ अर्ब चुृक्ता पुँजी पु¥याउन चालु आ.व.को मुनाफा समेत समावेश गर्दा हुने अपुग पुँजी करिव रु.९० करोडको हकमा समेत यथाशिघ्र ठोस निर्णय गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : १९ माघ २०७३, बुधबार ०५:४०