श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको एकीकृत कारोबार सुरु



काठमाडाै १९ माघ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र एभरेष्ट फाइनान्स लिमिटेडले बुधबारदेखि एकीकृत कारोबार गरेका छन् । काठमाडौँको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको श्री इन्भेष्टमेन्ट र भैरहवामा केन्द्रीय कार्यालय रहेको एभरेष्ट एक आपसमा गाभिएर श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरपछि बनेको नयाँ संस्थाको केन्द्रीय कार्यालय काठमाडौँको डिल्लीबजारमा रहेको छ ।

यी दुई संस्थाको गत असोज २१ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारणसभाबाट मर्जर प्रस्ताव पारित भएको थियो । त्यस्तै, राष्ट्र बैंकबाट पुस २२ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट माघ ७ गते मर्जरका लागि अनुमतिपत्र प्राप्त भएको थियो ।

श्री इन्भेष्टमेन्टले १०.०५ प्रतिशत बोनस सेयर जारी गरेर चुक्तापुँजी २४ करोड रुपैयाँ पुर्याएको छ । एभरेष्ट फाइनान्सको चुक्तापुँजी १५ करोड ७४ लाख रुपैयाँ रहेको छ । यी दुई संस्था गाभिएर बन्ने नयाँ संस्थाको चुक्तापुँजी झन्डै ४० करोड रुपैयाँ पुग्नेछ । श्री इन्भेष्टमेन्ट राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो भने एभरेष्ट तीन एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएको फाइनान्स कम्पनी हो ।

प्रकाशित : १९ माघ २०७३, बुधबार ०६:५३