“थ्रिजी स्मार्टफोन ल्याउनुस्, फोरजी स्मार्टफोन लानुस्” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

“थ्रिजी स्मार्टफोन ल्याउनुस्, फोरजी स्मार्टफोन लानुस्”



काठमाडाै २० माघ । लगनखेलस्थित ललितपुर मलमा चलिरहेको मोबाइल एक्स्पो –२०१७ ले ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ ।

एक्स्पोमा ग्राहकहरुका लागि “थ्रिजी स्मार्टफोन ल्याउनुस्, फोरजी स्मार्टफोन लानुस्” अफर सार्वजनिक गरिएको हो ।

अफरअन्तर्गत ग्राहकले आफुसँग भएको कुनैपनि थ्रिजी स्मार्टफोन फोरजी स्मार्टफोनसँग साट्ने अवसर पाउनेछन् । कम्पनीका अनुसार ग्राहकहरुले आफुले चाहेको फोरजी प्रविधिसहितको स्मार्टफोनसँग पुराना स्मार्टफोन साट्न सक्नेछन् ।

साट्ने क्रममा ग्राहकहरुको थ्रिजी फोनको भ्यालुएसन गर्नुपर्नेहुन्छ । पछिल्लो समय फोरजी प्रति ग्राहकहरुको ध्यान तानिएको कारण उक्त अफर सञ्चालनमा ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।

प्रकाशित : २० माघ २०७३, बिहीबार ११:१२