खिम्ती–ढल्केबर २२० केभी विद्युत प्रशारण लाइन संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

खिम्ती–ढल्केबर २२० केभी विद्युत प्रशारण लाइन संचालनमा



काठमाडौं २० माघ । खिम्ती–ढल्केबर २२० केभी विद्युत प्रशारण लाइन आजबाट संचालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गर्दै सो विद्युत प्रशारण लाइन विधिबत रुपमा संचालनमा ल्याएका हुन् ।

नयाँ प्रशारण लाइन देश विकासको कोशेढुंगा सावित हुने दाहालले बताए । ‘विश्वको ध्यान अहिले पानीबाट विद्युत उत्पादन गर्नेतर्फ अघि बढेको छ,’ उनले भने, ‘अब हामीले क्लीन इनर्जी र ग्रीन इनर्जीको विकल्पमा जलविद्युत इनर्जीलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ ।’

अबदेखि जलविद्युत आयोजनाको सँगसँगै प्रसारण लाईन निर्माणको कामलाई पनि तीब्रता दिने दिइने बताए । साथै नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गर्ने ऊर्जामन्त्री, राज्यमन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकलाई आफुले आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पछि नपर्ने उनले बताए ।

कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले नेपालको छुट्टाछुट्टै प्रसारण प्रणालीलाई एकीकृत प्रसारण लाईनको रुपमा अघि बढाएको बताए । साथै खिम्ती–ढल्केबर प्रसारण लाइनले अन्तरदेशीय बिद्युत आयात–निर्यातको सेतु भएको समेत उनको दावी थियो ।

नेपालको पानी जनताको लगानी कार्यक्रमले लगानीको पहिलो प्राथमिकता नेपाली जनता भएको बताए । साथै दोस्रो र तस्रो प्राथमिकतामा क्रमशः आन्तरिक ऋण र बैदेशिक लगानी भएको उनको तर्क थियो ।

प्रकाशित : २० माघ २०७३, बिहीबार १६:५२